तपाईँ सुन्दै हुनुहुन्छः

फिफा महिला वरियता: नेपाल यथास्थानमा

काठमाडौँ । नेपालको फिफा महिला वरियता यथावत् रहेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत् रहेको हो । नयाँ वरियतामा नेपाल १०३ औँ स्थानमा रहेको छ ।

अघिल्लो पटकको वरियतामा समेत नेपाल १०३ औँ स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औँ स्थानमा रहेको छ । यस्तै दक्षिण एसियाली राष्ट्रको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५८ औँ स्थानमा रहेको छ ।

विश्व वरियतामा अमेरिका शीर्ष स्थानमा यथावत् छ । यस्तै जर्मनी दोस्रो स्थानमा उक्लिएको छ भने स्विडेन तेस्रो स्थानमा झरेको छ । इंग्ल्यान्ड चौथो र फ्रान्स पाँचौँ स्थानमा रहेको छ । त्यस्तै क्यानडा छैटौँ, स्पेन सातौँ, नेदरल्यान्ड्स आठौँ, ब्राजिल नवौं र उत्तर कोरिया १० औँ स्थानमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button