तपाईँ सुन्दै हुनुहुन्छः

एन्फाद्वारा ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग आयोजना गर्नका लागि राखेपसँग आर्थिक सहयोग माग

file photo

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग आयोजना गर्नका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग आर्थिक सहयोग मागेको छ ।

एन्फाले नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई आर्थिक सहयोगको मागसहित पत्र बुझाएको छ । एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा र महासचिव किरण राईले राखेपका सदस्य सचिव टङ्कलाल घिसिङलाई पत्र बुझाउनु भएको हो ।

एन्फाले ’ए’, ’बी’ र ’सी’ डिभिजन लिग आयोजना गर्नका लागि राखेपसँग ६ करोड आर्थिक सहयोग माग गरेको छ । एन्फाले ’ए’ लिगका लागि ३ करोड, ’बी’ का लागि २ र ’सी’ लिगका लागि १ करोड राखेपसँग मागेको हो ।

यस्तै एन्फाले च्यासल रङ्गशाला हस्तान्तरण गर्न र दशरथ रङ्गशालाको शुल्क मिनाहा गर्न राखेपसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button