गण्डकीमा मिलीजुली सरकार, जनमोर्चा बाहिरिँदा राप्रपाको प्रवेश
पोखरा । निर्वाचन आयोगले समानुपातिक मतबाट विभिन्न पार्टीले पाउने सिटको बाँडफाँट गर्दा गण्डकी प्रदेश सभामा सबैभन्दा धेरै सिट एमालेले पाउने भएको छ ।
नेकपा एमालेले १० सिट पाउँदा काँग्रेसले ९, माओवादी केन्द्रले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट पाउने भएका छन् । यस अघि गण्डकी प्रदेश सभामा समानुपातिक प्रणाली बाट १ सिट पाएको जनमोर्चाले भने यसपाली प्रदेश सांसद नपाउने भएको छ ।
अघिल्लो संसदमा जनमोर्चाका प्रत्यक्ष बाट दुई र समानुपातिक प्रणाली बाट १ जना गरी तिन जना सांसद थिए । ६० सिट सङ्ख्या रहेको गण्डकी प्रदेश सभामा राष्ट्रिय जनमोर्चा बाहिरिँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रवेश भएको छ ।
बुधबार निर्वाचन आयोगले गरेको समानुपातिकतर्फको सिट बाँडफाँट हेर्दा गण्डकी प्रदेशमा कुनै पनि दलले एकल बहुमत पाउन सकेनन् । यस प्रदेशमा अब मिलीजुलीको सरकार बन्ने भएको छ । समानुपातिक तर्फको सिट बाँडफाँट सँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ७ नेसपाका एक सांसद हँसिया हथौडा चुनाव चिन्ह लिएर लडेकाले ८ सांसद हुने भएका छन् ।
मनाङ प्रदेश सभा २ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका दीपक मनाङे भनिने राजीव गुरुङ सोमबार नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्