तपाईँ सुन्दै हुनुहुन्छः

नेपालका तीन क्रिकेट खेलाडी पीएसएल को ड्राफ्टमा

काठमाडौँ । नेपालका तीन क्रिकेट खेलाडी पाकिस्तान सुपर लिग(पीएसएल) को ड्राफ्टमा परेका छन् ।

नेपालका ओपनर अर्जुन साउद, फास्ट बलर सोमपाल कामी र विकेटकिपर ब्याटर सुवास खकुरेल ड्राफ्टमा परेका हुन् । पीएसएलले सार्वजनिक गरेको ड्राफ्ट सूचीको विदेशी खेलाडीको सिल्भर कोटामा उनीहरू अटाएका हुन् ।

यस संस्करणको पीएसएल ड्राफ्ट आगामी १५ डिसेम्बरमा रहेको छ । पीएसएलको लागि बुधबार सिल्भर विधामा विदेशी खेलाडीको नाम सार्वजनिक भएको हो । आगामी वर्षको फेब्रुअरी ९ बाट प्रतियोगिता सुरु हुने भए पनि खेल तालिका भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button