तपाईँ सुन्दै हुनुहुन्छः

तारा एयरको जहाजमा चरा ठोकियो 

सुर्खेत । नेपालगञ्जबाट हुम्लाका लागि उडेको तारा एयरको कार्गो जहाजमा चरा ठोकिएर सामान्य क्षति पुगेको छ । 

आज दिउँसो सवा १२ बजे हुम्लाको मुने लेक नजिकै पुग्दा चिल ठोकिएर जहाजको नोजमा प्वाल परे पनि सकुशल अवतरण भएको सिमकोट विमानस्थलका प्रमुख मोहन गिरीले जानकारी दिनु भयो । 

उहाँले तारा एयरको (नाइनएनएकेएल) नम्बरको जहाजको अगाडिपट्टिको भागमा चील ठोकिएर सामान्य क्षति पुगेकाले मर्मतका लागि इन्जिनियर आएपछि मात्र उडान हुने बताउनुभयो । उहाँका अनुसार जहाजमा पाइलटसहित ३ जना सवार थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button