तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको समृद्धि र विकासका लागि वर्तमान गठबन्धन भित्रैबाट सरकार बन्छ : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको समृद्धि र विकासका लागि वर्तमान गठबन्धन भित्रैबाट सरकार बन्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित कार्कीलाई बधाई तथा शुभकामना दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री कार्कीले मुलुकको समृद्धि र विकासका लागि वर्तमान गठबन्धनलाई नै जनताले स्वीकृति दिइसकेको बताउनुभयो । 

उहाँले अब बन्ने गठबन्धन सरकारले दश वर्षभित्रमा दक्षिण एसियाको सम्पन्न मुलुकका नेपाललाई स्थापित गर्ने बताउनुभयो । 

उहाँले मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक रहेको भन्दै जनअपेक्षा अनुसार काम गर्नु सबैको दायित्व भएको स्पष्ट पार्नुभयो । 

उहाँले आफूलाई निर्वाचित गराउने मतदातालाई धन्यवाद दिँदै आफूले गरेका प्रतिबद्धता पूरा गर्न आजैबाट लाग्ने बताउनुभयो । 

मन्त्री कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button