तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ राष्ट्रपति सीले साउदी अरेबियाको तीन दिने भ्रमण गर्नुहुँदै

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले आजदेखि साउदी अरेबियाको तीन दिने भ्रमण गर्दै हुनुहुन्छ । 

उहाँको भ्रमणको क्रममा साउदीका राजा सलमानलाई भेट्नु हुने अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले उल्लेख गरेको छ । 

विश्वकै सबैभन्दा धेरै तेल निर्यात गर्ने मुलुक साउदी अरेबियामा हुन लागेको भ्रमणलाई धेरै महत्त्वका साथ लिइएको छ । 

कोरोना भाइरसको महामारी सुरु भएदेखि राष्ट्रपति सीको यो तेस्रो वैदेशिक भ्रमण हो । 

साउदी राजा सलमानको निमन्त्रणामा हुन लागेको भ्रमणमा ३० अरब अमेरिकी डलर बराबरको सम्झौतामा हस्ताक्षर हुने अलजजिराले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button