तपाईँ सुन्दै हुनुहुन्छः

संसदीय दलको नेता बन्नका लागि नेपाली कांग्रेस भित्र गृहकार्य

काठमाडौं।आम निर्वाचनबाट संघीय सदनमा सबैभन्दा ठुलो दल बन्ने देखिएको नेपाली कांग्रेसभित्र भावी सरकारको नेतृत्व आफ्नो दलले पाउने अपेक्षासहित संसदीय दलको को बन्ने भन्ने वहस सुरु भएको छ ।

गठवन्धन दलको सोमबारको बैठकमा सत्ता घटक दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादीले भावी सरकार नेतृत्व विषयको उठाएसँगै नेपाली कांग्रेस भित्र संसदीय दलको नेताको बहस सुरु भएको हो ।

हिजो मात्र नेपाली कांग्रेसका सभापति एवम प्रधानमन्त्री शेर बहादुर देउवाले आफुलाई बधाइ दिन वालुवाटार पुग्नु भएका नेता शंशाक कोइरालासँग आफुलाई संसदीय दलको नेता चुन्न समर्थन गर्न आग्रह गर्नु भएको छ ।

यो सँगै भावि सरकारको नेतृत्व सम्वन्धमा प्रधानमन्त्री एवम पार्टी सभापतिले राख्दै आएको मौनता तोडिएको छ । भावी सरकारको नेतृत्वका लागि देउवाले संसदीय दलको नेता बन्न गृहकार्य सुरु गरिसकेको सन्देश प्रवाह भएको छ ।

त्यसैगरी सभापति देउवाले यस सम्बन्धमा अर्का नेता शेखर कोइरालासँग पनि भेटवार्ता गर्नु भएको छ । भेटवार्ता पनि संसदीय दलको नेतामा आफुलाई समर्थन गर्न देउवाले आग्रह गरेको खबरहरु आएका छन् ।

त्यसो त प्रधानमन्त्रीमा देउवा इतर पक्ष मानिएका नेता रामचन्द्र पौडेल, गगन थापा आफु संसदीय दलको नेता बन्ने बताउदै आउनु भएको छ । नेता रामचन्द्र पौडेलेले देश र पार्टीका लागि आफ्नो भुमिका आवश्यक रहेको र आफु नै संसदीय दलको नेता बन्ने दावी गर्दै नेताहरुसँग समर्थनको अपिल समेत गर्नु भएको छ ।

यस्तै यता नेता विश्व प्रकाश शर्माले गगन थापालाई संसदीय दलको नेता बनाउन आफु समर्थक भएर उभिने बताउनु भएको छ । आफ्नो दलको मात्र बहुमतको सरकार बनाउन सक्ने अंकगणित नेपाली कांग्रेससँग प्राप्त भएको छैन ।

निर्वाचन परिणामले संसदको ठुलो दल र सत्ता गठवन्धनको प्रमुख घटक बन्ने भएपछि कांग्रेसले प्रधानमन्त्रीमा दावी स्वभाविक भए पनि संविधानमा संसदीय दलको नेता बन्नै पर्ने बाध्यकारी छैन ।

संविधानको धारा ७६ को २ मा सदनमा कुनै दलको स्पष्ट बहुमत नभएको अवस्थामा दुई वा दुई भन्दा बढीदलको समर्थनमा बहुमत प्राप्त गर्ने ब्यक्ती प्रधानमन्त्री नियुक्त हुन सक्ने ब्यवस्था गरेको छ ।

तर नेपाली कांग्रेसको विधानले भने पार्टीको संसदीय दलको नेतालाई मात्र प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा पार्टीले सिफारिस गर्ने ब्यवस्था गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button