तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिक रूपान्तरणका लागि अब देश युवाको नेतृत्वमा जानुपर्छ : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि अब देश युवाको नेतृत्वमा जानुपर्ने बताउनुभएको छ ।

झापाको धुलाबारीमा आज आयोजित कार्यक्रमममा झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवम् महामन्त्री शर्माले सहज रूपमा नयाँ पुस्तालाई अगाडि उभ्याउनका लागि परिपक्क रूपमा आफू अघि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब अभिभावकत्व ग्रहण गर्दै नयाँ पुस्तालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आशावादी रहेको महामन्त्री शर्माले बताउनुभयो ।

महामन्त्री शर्माले आफू कुनै पदमा जाने वा नजाने ठूलो कुरा नभएको तर अहिले पदका लागि आफ्नो कुनै दाबी नरहेको स्पष्ट पार्नुभयो ।

राजनीतिमा परिवर्तन गरेर अहिलेको व्यवस्था र बलियो राष्ट्रियता बनाउनुपर्नेमा जोड दिँदै महामन्त्री शर्माले राजनीतिक रूपान्तरण सिंहदरबारदेखि सुरु गर्नुपर्ने र बिस्तारै त्यसको असर सबैतिर पर्नेसमेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button