तपाईँ सुन्दै हुनुहुन्छः

कोलम्बिया पहिरो: तेत्तीस जना पुरिए

कोलम्बियामा पहिरोमा पुरिएर ३३ जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये चार जनाको अवस्था गम्भीर छ । 

यो साताको प्रारम्भमा राजमार्गमा पहिरो खस्दा यात्रुवाहक बस, मोटरसाइकललगायत सवारी साधन पुरिएका तथा तिनमा यात्रारत तीन जना बालबालिकासहित ३३ जनाको ज्यान गएको आन्तरिक मामिलामन्त्री अल्फोन्सो प्राडाले बताएका छन् । 

पहिराले राजमार्गमा सवारीसाधन पुरेको सूचना पाउनेवित्तिकै देशको जोखिम व्यवस्थापन इकाइ र यातायात मन्त्रालयका कर्मचारीका साथै प्रहरी र सेनालाई उद्धारमा खटाइएको थियो । राजमार्गका केही भागमा पहिरो पन्छाउनुपर्ने भएकाले उद्धार तथा मृतकको खोजी जटिल भएको छ । 

यसैबीच, राष्ट्रपति गुस्ताभो पेट्रोले प्रतिकूल मौसम तथा त्यसबाट उत्पन्न हुने विपद् व्यवस्थापनलगायत कामका निम्ति राष्ट्रिय एकीकृत उद्धार तथा सहायता केन्द्र स्थापना गर्न आदेश दिनुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button