तपाईँ सुन्दै हुनुहुन्छः

बिहे भोज खाएका ८० जना बढी बिरामी

पाल्पा । पाल्पामा बिहे भोज खाएका ८० जना भन्दा बढी मानिस बिरामी भएका छन् । जिल्लाको बगनासकालीमा बिहेको भोज खाएपछि चिर्तुङधारामा ८० जना भन्दा बढी स्थानीयवासी बिरामी परेका हुन । बगनासकाली–१, चिर्तुङधारा स्थित घोरबन्दामा गएको शनिवार भएको बिहेको भोज खादा घोरबन्दा बुढाखान्डे, भाङ जेली, अम्रेली, पिपरटुङ, ढाडटोलबासी बिरामी परेका हुन् ।

गत शनिवार स्थानीय दानबहादुर गाहाको छोरीको बिहेमा भोज खाएकाहरू बिरामी परेको स्थानीय बासिन्दा गुनबहादुर गाहाले बताउनुभयो । उनीहरूमा ज्वरो आउने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेलगायतका समस्या देखिएको छ । 

बिरामी परेकामध्ये चार जना तानसेनस्थित मिसन अस्पतालमा भर्ना भएका छन् । उपचारका लागि आएका २२ मध्ये चार जनालाई भर्ना गरेर उपचार गर्नु परेको तानसेनस्थित मिसन अस्पतालका सूचना अधिकारी जीवन भट्टराईले जानकारी दिनुभयो ।

बिरामी परेकाहरूमा ‘फुड प्वाइजनिङ्’ को समस्या देखिएको युनाईटेड मिसन अस्पतालले जनाएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएकालाई भर्ना गरिएको र बाँकीलाई परामर्श र औषधि दिएर घरमा पठाइएको छ ।  भोजमा बटुक, पाडा (राँगो) को मासु, पुलाउ, आलु गोभीको तरकारी, मेवाको अचार, बटुक, आलु मुलाको अचार परिकार थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button