तपाईँ सुन्दै हुनुहुन्छः

अनियन्त्रित भई ट्रिपर पल्टँदा चालकको मृत्यु 

चितवन । चितवनमा अनियन्त्रित भई ट्रिपर पल्टँदा चालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा धादिङ बेनिघाट रोराङ्ग गाउँपालिका वडा नम्बर १० बस्ने बर्ष ४२ को सन्त बहादुर राई रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान पौने ७ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ स्थित तीन नम्बर पुल नजिक मुग्लिनबाट नारायणगढ तर्फ जाँदै गरेको बा २ ख ७४६२ ट्रिपर आंँफै अनियन्त्रित भई रोड देखि २० मिटर तल  तुइन खोलामा खस्न जाँदा राईको घटनास्थलमै मृत्यु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button