तपाईँ सुन्दै हुनुहुन्छः

विश्वकप फुटबल : ब्राजिल क्वाटर फाइनलमा

काठमाडौँ I ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटर फाइनलमा प्रवेश गरेको छ । 

कतारमा आज भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो । 

ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए । त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४(० ले अग्रता लियो ।  

खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे । त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४(१ गोलअन्तरले आफ्नो पक्षमा पा¥यो ।

यसअघि आजै राति भएको अर्को खेलमा क्रोएसियाले जापानलाई टाई ब्रेकरमा पराजित गर्दै क्वाटर फाइनलमा पुगेको छ । ब्राजिलले क्वाटर फाइनलमा क्रोएसियासँग खेल्नेछ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button