तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा एक जनाको मृत्यु

चितवन I नारायणगढ–मुग्लिन सडक खण्डमा आज बिहान टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङ्को बेनिघाट रोराङ गाउँपालिकाका ४२ वर्षीय सन्तबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता विजयाराज पण्डितका अनुसार मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको बा २ ख ७४६२ नं को टिपर अनियन्त्रित भई पल्टिँदा टिपरका चालक राईको मृत्यु भएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलबाट २० मिटर तल तुईन खोलामा टिपर खसेको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button