तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा

धनगढी I मङ्सिर २२ गते देखि धनगढीमा सञ्चालन हुने सुदूरपश्चिम महोत्सव २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । 

समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मुल नाराका साथ कैलाली उधोग वाणिज्य सङ्घको आयोजनामा प्रत्येक बर्ष धनगढीमा सुदूरपश्चिम महोत्सव हुँदै आएको छ ।

 संघका अध्यक्ष पुष्पराज कुँवरले मङ्सिर २२ गते देखि शुरु हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउनु भयो । अहिले महोत्सव स्थलमा मञ्च तथा स्टल निमार्ण, विधुत, खानेपानी, रमाइलो मेला लगायतको कार्य धमाधम भइरहेको छ । 

यसैगरी महोत्सवका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी कार्य भइरहेको उहाँले बताउनु भयो । मङ्सिर २२ गते देखि शुरु हुने महोत्सव पुस २ गते सम्म सञ्चालन हुने छ । महोत्सव अवधिमा करिब १० करोड बरावरको कारोबार हुने र महोत्सवमा करिब ५ लाखले अवलोकन गर्ने अनुमान सङ्घले गरेको छ । 

महोत्सवमा स्थानीय खानपान देखि कृषि उपजसङै बहुराष्ट्रिय कम्पन्नीका गरि करिब ३ सय स्टल रहने अध्यक्ष कुवरले बताउनुभयो । यस्तै महोत्सवमा प्रदर्शनी, कलाकारको प्रस्तुती, रमाइलो मेला लगायत मुख्य आकर्षण रहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button