तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका पूर्व महानिर्देशक प्रचण्डमानसिंह प्रधानको निधन 

काठमाडौँ I रेडियो नेपालका पूर्व महानिर्देशक प्रचण्डमानसिंह प्रधानको ८८ वर्षको उमेरमा आज दुखद निधन भएको छ ।

आन्तरिक रक्तस्रावका कारण उहाँको निधन भएको उहाँसँग निकट भई काम गर्नुभएका  वरिष्ठ सञ्चारकर्मी कमल प्रधानले जानकारी दिनुभयो । 

पूर्वमहानिर्देशक प्रचण्डमानसिंह प्रधानको  आजै पशुपति आर्यघाटमा अन्तेष्टी गरिँदै छ ।

प्रधानका  तीन छोरा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button