तपाईँ सुन्दै हुनुहुन्छः

दक्षिण अफ्रिकामा बाढीले बगाएर कम्तीमा १४ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकामा एक गिर्जाघरले खोलाको किनारमा आयोजना गरेको धार्मिक समारोह चलिरहँदा एक्कासी बाढी आएपछि कम्तीमा १४ जनाको मृत्यु भएको छ । 

 शनिबार त्यस गिर्जाघरका धर्मावलम्बी खोलाको किनारमा रहेको ढुङ्गा माथि उभिएर प्रार्थना गर्ने क्रममा बाढी आएपछि उनीहरुलाई बगाएर लगेको एक प्रत्यक्षदर्शीलाई उदृत गर्दै बिबिसीले उल्लेख गरेको छ । 

तीन जना अझै बेपत्ता रहे पनि जोहानासबर्गको जुकेस्की खोलामा खोजी कार्य हाललाई रोकिएको बिबिसीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button