तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी

दोलखा।दोलखा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्की विजयी हुनुभएको छ।

कार्कीले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई तीन सय १७ को मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभएको हो।विजयी कार्कीले ३६ हजार सात सय उनान्सय मत प्राप्त गर्नुभएको छ भने निकटतम प्रतिद्वन्द्वी एमालेका बालकृष्ण शिवाकोटीले३६ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ।

दोलखा प्रदेशसभा–१ मा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजय हुनुभएको छ । उहाँले २३ हजार तीन सय ३१ मत प्राप्त गर्नुभएको छ भने एमालेका नरबहादुर श्रेष्ठले १५ हजार तीन सय ५६ मत प्राप्त गर्नुभएको थियो । प्रदेशसभा २ मा एमालेका भरतबहादुर केसी निर्वाचित हुनुभएको छ ।

जिल्लामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कूल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेका थिए भने १४ राजनीतिक दलका र सात स्वतन्त्र गरी २१ उम्मेदवार चुनावी मैदानमा सहभागी भएका थिए । कूल मत ८५ हजार तीन सय ८८ खसेको थियो ।अहिले समानुपातिकको मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button