तपाईँ सुन्दै हुनुहुन्छः

सिञ्जाका ७० स्वयंसेविकालाई स्ट्रेचर वितरण

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिकाभरिका बस्तीलाई राहत हुने गरी करिब ६ दर्जन स्ट्रेचर वितरण गरेको छ ।

सडक पुगेका तर गाडी पुग्न नसकेका बस्तीका बिरामी, सुत्केरीहरूको राहतका लागि स्ट्रेचर वितरण गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताउनुभयो । वन पाखा, जङ्गलमा दाउरा घाँस काट्न जाँदा भिर र रुखबाट लडेका बिरामीलाई समयमै उद्धार गर्न टोल टोलमा पुग्ने गरी स्ट्रेचर वितरण गरिएको छ ।

उहाँले भन्नुभयो “एक महिला स्वयंसेविका, एक स्ट्रेचर कार्यक्रम अन्तरगत वितरण गरिएको हो । सिंजा गाउँपालिकाका ७ वटा वडामा जम्मा ७४ जना स्वयंसेविका रहेकोमा ७० जनालाई स्ट्रेचर दिइएको छ ।”

सिञ्जामा ३ वटामा स्वास्थ्य चौकी छन् । गाउँमा स्ट्रेचर नभएको गुनासो धेरै आएपछि पालिकाको लगानीमा स्ट्रेचर वितरण गरिएको अध्यक्ष धितालले बताउनुभयो ।

गाउँमा सारो गारो पर्दा स्वास्थ्य चौकी सम्म तत्काल पुराउन स्ट्रेचरले विशेष सहयोग पुर्‍याउने आशा गरिएको सिञ्जा गाउँपालिकाका स्वास्थ्य संयोजक ललितजङ्ग रोकायाले बताउनुभयो ।

स्ट्रेचर पाएपछि सिञ्जाका महिला स्वयम सेविका खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button