तपाईँ सुन्दै हुनुहुन्छः

फिफा विश्वकप: आज दुई खेल हुँदै

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज राउन्ड अफ १६ का दुई खेलहरू हुँदै छन् ।

अल थुमामा स्टेडियममा आज हुने पहिलो खेलमा फ्रान्स र पोल्यान्डबिच प्रतिस्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्यान्डबिचको खेल राति ८ः४५ बजे सुरु हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने योजनामा रहेका छन् । फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा इंग्ल्यान्ड र सेनेगलबीच प्रतिस्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंग्ल्यान्ड र सेगेनलबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज इंग्ल्यान्ड र सेनेगल जित निकाल्दै क्वाटर फाइनलमा पुग्न चाहन्छ । इंग्ल्यान्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button