तपाईँ सुन्दै हुनुहुन्छः

अबको शिक्षा प्रविधिमैत्री हुनुपर्छ : मन्त्री पौडेल

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले अबको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताउनु भएको छ ।

गण्डकी प्रदेश सरकार अन्तरगत रहेको गण्डकी विश्वविद्यालयमा शुक्रवार गण्डकी विश्वविद्यालय अनुसन्धान केन्द्र अन्वेषण तथा आविष्कार केन्द्रको उद्घाटन गर्दै मन्त्रीले पौडेल नेपालमा नै विश्व मापदण्ड अनुसारको अनुसन्धान केन्द्र स्थापना गरि सम्भाव्यताको खोजी गर्नुपर्ने बताउनु भएको हो ।

नेपाली युवाहरू रोजगारीको लागि विदेशिएर विभिन्न महत्त्वपूर्ण ठाउँमा पुगी कृतिमान गर्न सफल भएको अवस्थामा हामी किन हाम्रो देशमा सम्भाव्यताको खोजी गरि विश्वलाई नै आकर्षणको केन्द्रबिन्दु नबनाउने भन्दै नेपाली भूमिमा विदेशी आएर अनुसन्धान गर्ने वातावरण सृजना गर्नु पर्छ उहाँको भनाई रहेको थियो ।

विज्ञानलाई कसरी समाजमा जोड्ने गरि काम गर्नु पर्ने सुझाव दिँदै मन्त्री पौडेलले विभिन्न अध्ययन र अनुसन्धानबाट नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सकिनेमा जोड दिनु भएको थियो ।

पोखरा महानगरपालिका वडा नं ३२ मा रहेको लामातारमा निर्माणका भएको अनुसन्धान केन्द्र नेपालकै नमुना र गहनाको रुपमा रहेको यसले लिएको उद्देश्य अनुसारको काममा नेपाल सरकारको तर्फबाट सक्दो सहयोग हुने आश्वासन समेत दिएका थिए ।

नाष्टका उपकुलपति सुनिल बाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी विश्वविद्यालयका उप कुलपति प्राडा गणेश मान गुरुङ, गण्डकी विश्वविद्यालयका उपकुलपति प्राडा नवराज देवकोटा, पोखरा महानगरपालिका वडा न ३२ का वडाअध्यक्ष अक्कल बहादुर कार्की लगायतले अनुसन्धान केन्द्र स्थापनाले यो क्षेत्रको मात्र होइन नेपालमा विज्ञानको क्षेत्रमा सहयोगी भूमिका निभाउने धारणा राखेका थिए ।

कार्यक्रममा नाष्टका विज्ञान सङ्काय प्रमुख निशा राणा,गण्डकी प्रदेश विशिष्टीकृत अनुसन्धान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष डा. इन्दिरा पराजुली, नाष्टका प्रशासकीय अधिकृत दीपेन्द्रराज भण्डारीले अनुसन्धान केन्द्रले नेपालको भूमिबाट गर्न सकिने सम्भाव्यताको खोजी गरि नेपाललाई विज्ञानको क्षेत्रबाट अगाडी बढाउन सहयोगीको भूमिका निभाउने विश्वास व्यक्त गरेका थिए ।

 वि स २०७६ सालमा स्थापना भएको गण्डकी विश्वविद्यालयले छोटो समयमा आफ्नो लक्ष्य अनुसारको काम गरि विभिन्न विधामा काम गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button