तपाईँ सुन्दै हुनुहुन्छः

झापामा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्विलचियर वितरण 

भद्रपुर, झापा । झापामा शारीरिक अपाङ्गता भएका १० जनालाई ह्विलचियर वितरण गरिएको छ ।

झापाको शिवसताक्षी नगरपालिकाको महिला तथा बालबालिका शाखाले शनिबार अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत उक्त सामाग्री वितरण गरेको हो ।

ह्वील चियर पाउनेमा तोर्णबहादुर विष्ट, कृष्णबहादुर राई, सनिल न्यौपाने,डिकबहादुर थापा, भुपेश ताजपुरिया, मनझरिया ताजपुरिया, गंगा माझी, केशबकुमार सापकोटा, विष्णुमाया चापागाईँ, शशिकला सोडारी रहनुभएको छ । 

उहाँहरूलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्कीलगायतले सामग्री वितरण गर्नुभयो । 

सोही अवसरमा नगरका दृष्टिविहीनहरूका लागि ७ थान सेतो छडी र आंशिक अपाङ्गता भएका व्यक्तिहरूलाई ९ थान बैसाखी वितरण गरिएको महिला तथा बालबालिका शाखा प्रमुख देविना चौलागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button