तपाईँ सुन्दै हुनुहुन्छः

राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु

नेपालगञ्ज । बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा डुबेर मृत्यु भएको हो ।

उनीहरू शनिबार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका थिए । उनीहरूको शव आज बिहान ९ः०० बजेतिर फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले नदीमा बेपत्ता दुवै जनाको शव फेला परेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button