तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा प्रदेश सभा(ख)मा कांग्रेसका शाही विजयी

बाजुरा।बाजुराको प्रदेश निर्वाचन क्षेत्र (ख)मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका पदम बहादुर शाहि विजयी हुनुभएको छ।

कुल ३९हजार १सय अन्ठाउन्न मत खसेको निर्वाचन क्षेत्र ख मा मतगणनाको प्रारम्भिक चरण बाटै अग्रता कायम गर्नुभएका शाहिले २०हजार १ सय १९ मत प्राप्त गरि विजयी हुनुभएको हो ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७हजार ५सय २१मत प्राप्त गर्नुभएको छ।शाही र थापा बिचको मतान्तर दुई हजार पाँच सय ९८ रहेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हिमाल शाहिले भने एक सय ५५मत प्राप्त गर्नुभएको छ।प्रदेश निर्वाचन क्षेत्र(ख) मा नेपाली कांग्रेस,माओवादी केन्द्र र एकीकृत समाजवादी बिच गठबन्धन भएको थियो। निकटतम प्रतिद्वन्द्वी लाल बहादुर थापा २०७४को चुनावमा प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो।प्रतिनिधि सभा एक र प्रदेश सभा दुई रहेको बाजुरामा प्रदेश सभा क एकीकृत समाजवादीका नरेश कुमार शाही र हिजो नै विजयी भइसक्नु भएको छ भने प्रतिनिधि सभामा कांग्रेसका बद्री प्रसाद पाण्डेले अग्रता कायमै राख्नु भएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button