तपाईँ सुन्दै हुनुहुन्छः

‘शून्यको मूल्य’ सार्वजनिक

कर्णाली। बालरोग विशेषज्ञ डा नवराज केसीद्वारा लिखित ‘शून्यको मूल्य’ पुस्तक सार्वजनिक भएको छ ।

पुस्तकभित्र सास, साहस र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् । पुस्तकको डा केसीका आमा टीका केसी, सामाजिक अभियान्ता राधा पौडेल, लेखिका म्यागी डोयनले शनिबार संयुक्तरूपमा लोकार्पण गर्नुभएको थियो । सो अवसरमा अभियान्ता पौडेलले ‘शून्यको मूल्य’ आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार भएको टिप्पणी गर्नुभयो ।

लेखिका डोयनले आफूले बुझेको कर्णालीको यथार्थतालाई डा केसीले शब्द–चित्रद्वारा पस्केको विषय सबैसामु छर्लङ्ग भएको जनाउनुभयो ।

पुस्तकका लेखक डा केसीले पुस्तकमा कर्णालीका आमाले गुमनाम भएर सन्तानका लागि गरेको सङ्घर्ष, सामाजिक विभेदभित्र लुकेको अन्तर्यको लडाइँ र डोको बोक्नेहरूबाट सिकेको ‘जीवनवारिधि’का बारेमा लेखिएको बताउनुभयो । “टाइ लगाएरमात्र होइन, डोको बोकेर पनि प्राध्यापकहरू आउँदा रहेछन्, जो मैले कर्णालीमा पाएँ”, उहाँले भन्नुभयो ।

लेखिका आनविका गिरीले पुस्तकमा लेखिएका कुराले जीवनभरि छाप लागेको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button