तपाईँ सुन्दै हुनुहुन्छः

२७ नेवारी कन्याको सामूहिक बेल विवाह सम्पन्न

वीरगञ्ज । नेवार समुदायको सामूहिक बेल विवाह (इहि )कार्यक्रम आज वीरगञ्जमा सम्पन्न भएको छ । दुई दिन मनाइने बेल विवाह आज वीरगञ्जस्थित माईस्थान पार्कमा सम्पन्न भएको हो ।

माईस्थान इहि समितिले आयोजना गरेको कार्यक्रममा २७ जना नेवारी कन्याहरूको नेवारी परम्परा अनुसार बेल विवाह गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा बसोबास गरेका नेवारहरूलाई एकै ठाउँमा उपस्थित गराई भव्य रुपमा बेल विवाह गराउने उद्देश्यले सामूहिक बेल विवाह कार्यक्रमको आयोजना गरिएको माईस्थान इहि समितिका अध्यक्ष सुन्दर श्रेष्ठले बताउनुभयो ।

इहि अर्थात् बेल विवाह नेवार समुदायमा जन्मेकी छोरीहरूको रजस्वला हुनु अगावै गर्ने गरिन्छ । इहि गर्ने दिन बालिका दिनभर व्रत बस्छन् । बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गरेपश्चात् इहि गर्ने बालिकाका बुवाले कन्यादान दिन्छन् ।

नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । साथै इहि गरेकी महिलाले आफ्नो श्रीमानको मृत्यु भएपछि पनि सिन्दूर लगाउन कुनै बाधा नपर्ने नेवारी समुदायमा मान्यता छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button