तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङमा २० जनाको जमानत जफत 

ताप्लेजुङ  । ताप्लेजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उम्मेदवार २० जनाको जमानत जफत भएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार भएका २६ मध्ये ६ जना बाहेक २० जनाको जमानत जफत भएको हो । 

प्रतिनिधिसभातर्फ विजयी एमालेका योगेशकुमार भट्टराई र निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ‘पराग’बाहेक अरू ९ जनाको जमानत जफत भएको जिल्ला निर्वाचन अधिकृत दिनेश खनालले जनाकारी दिनुभयो । 

प्रतिनिधिसभामा २ स्वतन्त्रसहित ११ जनाले प्रतिस्पर्धा गरेका थिए । 

प्रतिनिधिसभातर्फ राप्रपाका रामबहादुर कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका इन्द्रबहादुर लिम्बू, मगोल नेस्नल अर्गनाइजेसनका विक्रम लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका होमप्रसाद तुम्बाहाम्फे, जनता समाजवादी पार्टीका चन्द्र मादनल, स्वतन्त्र सञ्जुहाङ पालुङ्वा र हरिप्रसाद बरालल, लोकतान्त्रिक समाजवादी पार्टीका चैतन्यप्रसाद केदेम र  जन समाजवादी पार्टीका कृष्ण लिम्बूले प्रतिस्पर्धा गर्नुभएको थियो  ।

प्रदेशसभा निर्वाचन क्षेत्र नं १ तर्फ विजेता एमालेका तिलकुमार मेन्याङ्वो र निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनतर्फ नेकपा एसका खेमबहादुर वनेम बाहेक ६ जनाको जमानत जफत भएको छ । प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा एक स्वतन्त्रसहित ८ जना प्रतिस्पर्धी थिए । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार राप्रपाका चन्द्रबहादुर थापा, जनमुक्ति पार्टीका मोतिलाल लिम्बू, जसपाका युगराज गुरुङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका भूपेन्द्र मावो, स्वतन्त्र उम्मेदवार मीनाकुमार गुरुङ र मंगोल नेस्नल अर्गनाइजेसनका नेत्रप्रसाद रहनुभएको थियो । 

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा विजयी सत्ता गठबन्धनतर्फ काँग्रेसका उम्मेदवार खगेनसिंह हाङ्गाम र निकटतम् प्रतिस्पर्धी एमालेका गोपाल थोप्रा बाहेक अरू ५ जना उम्मेदवारको जमानत जफत भएको छ । 

प्रदेशसभा निर्वाचन क्षेत्र नं २ बाट राप्रपाका उम्मेदवार ललितकुमार लिम्बू,जनमुक्ति पार्टीका यामकुमार,जसपाका नवीन लिम्बू,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लाबुङ लिम्बू र मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बूले रहेको  जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button