तपाईँ सुन्दै हुनुहुन्छः

चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्दै

फाइल तस्बिर

काठमाडौँ ।  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ३ बजे बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो । 

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने उहाँले बताउनुभयो । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button