तपाईँ सुन्दै हुनुहुन्छः

बिहानी उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्……

पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा/रासस
काठमाडौँको चन्द्रागिरि डाडाँबाट देखिएको लाङटाङ हिमालको दृश्य । यस स्थानबाट हिमालको दृश्य अवलोकन गर्ने सकिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस
काठमाडौँको चन्द्रागिरि डाडाँबाट काठमाडाँै उपत्यकामा बिहान हुस्सुले ढाक्दा देखिएको दृष्य । यहाँबाट उपत्यका लगायत हिमशृङ्खलाको दृश्य अवलोकन गर्ने सकिन्छ । तस्बिर : हरिराम भेटुवाल/रासस
चितवनको इच्छाकामना गाँउपालिका–५ पामडाँडाबाट देखिएको हिमाल, पहाड र बादलको दृश्य । तस्बिर : कृष्ण आचार्य/रासस
नलगाड नगरपालिका–४ स्थित लहँमा तोरीको ब्लक क्षेत्रमा लगाएको तोरी । नगरपालिकाले तोरी ब्लक विकास कार्यक्रम सञ्चालन गरी आयतीत तेल विस्थापित गर्न अभियान चलाएको छ । तस्बिर : हेमन्त केसी/रासस
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढि नगरपालिका इर्खुमा रहेको तामाङ संस्कृति झल्कने झाँक्रीको सालिक र पृष्ठभुमिमा देखिएको जुगल हिमाल । तस्बिर :देवराज सुवेदी/रासस
चितवनको इच्छाकामना गाँउपालिका– ५ पामडाँडाबाट देखिएको हिमाल र लटरम्म फलेका सुन्तला । तस्बिरः कृष्ण आचार्य/रासस
भोजपुरको आमचोक गाउँपालिको बयाङबाट देखिएको हिमालको दृश्य र भोजपुर सदरमुकाम । तस्बिर : युवराज विष्ट/रासस
साँझ पख घाम डुब्दै गर्दा पर्वतको रुग्दीबाट देखिएको कटुवाचौपारी र कुश्मा बजारसँगै पृष्ठभूमिमा अन्नपूर्ण, माछापुच्छ«ेलगायतका हिमशृङ्खला । तस्बिरः सुमनजङ्ग थापा/रासस
काठमाडौँको चन्द्रागिरि डाडाँबाट हिमश्रृङ्खला अवलोकन गर्दै पर्यटक । यस स्थानबाट गणेश,लाङटाङ र जुगल हिमालको दृश्य अवलोकन गर्न पर्यटक आउने गर्छन् । तस्बिर : हरिराम भेटुवाल/रासस
बागलुङ बजारको पृष्ठभूमिमा देखिएको देखिएको धौलागिरि हिमाल । तस्बिर : डम्मर बुढा मगर/ रासस
नवलपुरको पर्यटकीय क्षेत्र देवचुली डाँडाबाट देखिएको दृश्य । पछिल्लो सयम यो क्षेत्र पदयात्राका लागि लोकप्रिय बन्दै गएको छ । तस्बिर :दयाराम अचार्य/रासस
पर्वतको मोदी गाउँपालिकास्थित देउपुरमा फलेका पहेँलपुर सुन्तला र पृष्ठभूमिमा देखिएको माछापुच्छ्रे हिमाल । राम्रो आम्दानी हुने भएपछि यहाँका किसानले कोदो र मकै लगाउन छाडेर सुन्तला खेती सुरु गरेका हुन् । तस्बिरः सुमनजङ्ग थापा/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button