तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा कांग्रेसको अग्रता कायमै

बाजुरा । बाजुरामा नेपाली कांग्रेसका नेता बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राख्नुभएको छ ।

मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेसका पाण्डेले अहिलेसम्म १२ हजार सात सय ५ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै उहाँलाई नेकपा एमालेका कर्ण थापाले दस हजार ५९ मतसहित पछ्याइरहेका छन् ।

अहिलेसम्मको मत गणना अनुसार कांग्रेसका पाण्डे एमालेका थापा भन्दा २६४६ मतले अगाडी रहेका छन् ।

कुल ६० हजार १५२ मत खसेको बाजुरामा अहिलेसम्म २० हजार ६३६ मत गणना भएको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button