तपाईँ सुन्दै हुनुहुन्छः

सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता: नेता कोइराला

नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइरालाले सङ्घ र प्रदेशमा गठबन्धन सरकारकै निरन्तरता रहने बताउनुभएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले केन्द्र सरकार मात्र होइन गण्डकी प्रदेशमा गठबन्धनको सरकार बन्ने बताउनुभयो ।

उहाँले पाँच वर्षसम्म गठबन्धनको सरकार रहे मात्र देश समृद्धिमा जान सहज हुने बताउनुभयो ।

उहाँले महिलालाई ३३ प्रतिशत भनिएको भए पनि राजनीतिमा भने लागू नभएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा गठबन्धनकै सरकार बन्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button