तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा १ स ३८ उम्मेदवारको जमानत जफत 

सप्तरी । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सप्तरीमा १ सय ३८ उम्मेदवारको जमानत जफत भएको छ ।

मत पेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका प्रतिनिधिसभा तर्फका ५८ र प्रदेशसभा तर्फका ८० गरी कुल १३८ उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ बाट १३, ३ बाट १५ र क्षेत्र नम्बर ४ बाट १३ जना गरी ५८ जना प्रतिनिधिसभा सदस्यका उम्मेदवारको जमानत जफत भएको हो ।

त्यस्तै, प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर १(क) मा ८ र (ख) मा ७, क्षेत्र नम्बर २ को (क) मा १४, (ख) मा ११, क्षेत्र नम्बर ३ को (क) मा १५ र (ख) मा ८, क्षेत्र नम्बर ४ को (क) मा ९, (ख) मा ८ उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

प्रदेशका ८ र प्रतिनिधिसभाका चारसहित ३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने क्रममा प्रतिनिधिसभा सदस्यको जनही १० हजार र प्रदेशसभा सदस्यको जनही पाँच हजार धरौटी राख्नुपर्ने व्यवस्था छ । तर उक्त धरौटी रकम फिर्ता हुन खसेको सदर मतको १० प्रतिशत कटाउनुपर्ने प्रावधान छ । 

सप्तरीमा प्रतिनिधिसभातर्फ कुल खसेको २ लाख ७९ हजार १२१ मत मध्ये २ लाख ६२ हजार ८१ मत सदर रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button