तपाईँ सुन्दै हुनुहुन्छः

मधेशको समस्याप्रति गम्भिर रहेकाले नै मधेशमा एमाले पहिलो दल : सचिव महासेठ

जनकपुरधाम । नेकपा एमालेका सचिव एवं मधेश प्रदेशका ईन्चार्ज रघुवीर महासेठले मधेशको विकास, निर्माण तथा समस्या समाधानमा नेकपा एमाले लिएको अग्रसरताका कारणले प्रदेशमा ठूलो पार्टी बन्नमा सफल भएको बताउनुभएको छ ।

नेपाल प्रेस चौतारी धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित सांसद समेत रहनुभएका सचिव महासेठले जनताको विश्वास तथा भरोसामा एमाले आगामी दिनमा खरो रुपमा उत्रने बताउदै नागरिकता समस्याको समाधान सरकार बनेको तीन महिनामा नगरेको खण्डमा पार्टी मधेश प्रदेशमा आन्दोलनमा उत्रने बताउनुभयो ।

उहाँले मधेशमा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फ एमाले पहिलो पार्टी बनेकोमा सम्पूर्ण प्रदेशका मतदाता तथा आम जनत प्रति धन्यवाद समेत दिनुभयो ।

उहाँले मधेश प्रदेशमा नेकपा एमाले ठूलो पार्टी भएकाले मुख्यमन्त्री हुने स्वभाविक भएको बताउदै यस विषयमा अरु सहयोगी दलसंँग सहकार्य हुने र यसका लागि सम्पूर्ण मत परिणाम आउन जरुरी रहेको बताउनुभयो ।

प्रेस चौतारी नेपाल धनुषाका जिल्ला अध्यक्ष अवधेश कामतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नव निर्वाचित प्रदेशसभाका सदस्य दिपेन्द्र ठाकुरसहितका नेताहरुको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button