तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरा प्रदेशसभा (ख) को पनि मतगणना रोकियो 

बाजुरा ।  बाजुराको प्रदेशसभा निर्वाचन क्षेत्र (ख)को मतगणना स्थगित भएको छ ।

मतगणनाका क्रममा बुढीगंगा नरपालिका वडा नम्बर–३ मा मुचुल्कामा भएको भन्दा ९८ मत बढी देखिएपछि मतगणना स्थगित भएको हो । 

मत गणना गर्दा मुचुल्काभन्दा ९८ मत बढी देखिएपछि प्रदेश ख को पनि मतगणना स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

यसअघि हिमाली गाउँपालिका ६ स्थित धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्काभन्दा ४० मत बढी आएपछि प्रतिनिधिसभाको मतगणना अहिलेसम्म रोकिएको छ। 

मतगणना अगाडि बढाउने विषयमा राजनैतिक दलहरूसँग छलफल जारी रहेकाले केही समयपछि निर्णय हुने मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button