तपाईँ सुन्दै हुनुहुन्छः

फलोअप उपचारका लागि उपमहासचिव पुन आज चीन जानुहुँदै 

file photo

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलो अप उपचारका लागि आज चीन जानुहुने भएको छ  ।

नेता पुनलाई पुरानै रोग वंशाणुगत रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यसअघि उपचार गरिएको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लाग्नुभएको हो । 

यसअघि २०७८ मंसिरमा पनि उहाँको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो ।

चीन–नेपाल नियमित उडान नभएकाले पूर्व अर्थ तथा ऊर्जा मन्त्री समेत रहनुभएका उपमहासचिव पुन आज साँझ ७ः०० बजे इमिरेट्सको उडानबाट दुई, ग्वान्झाओ हुँदै सेनजेन जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

चीन जानुअघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँग समेत परामर्श गरिसक्नुभएको छ  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button