तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा पुनः मतदान शान्तिपूर्ण

दोलखा । दोलखाको चार मतदान केन्द्रमा आज भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

चार मतदान केन्द्रमा लगभग ५० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो ।

सत्ता गठबन्धन दलले जिल्लाको आठवटा मतदान केन्द्रमा बुथ कब्जा गरी एकलौटी मत खसालेको आरोपसहित मंसिर ४ गते नेकपा एमाले दोलखाले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेको थियो ।

एमालेको उजुरीपछि निर्वाचन आयोगले सहसचिवको नेतृत्वमा तीन सदस्यीय छानबिन टोली दोलखा पठाएको थियो । छानबिन टोलीको प्रतिवेदन तथा सिफारिस अनुसार निर्वाचन आयोगले मंसिर ११ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई पुनः मतदान गर्न निर्देशन दिएको थियो ।

आज भएको निर्वाचनमा चार हजार दुई सय ५७ मत खसेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । अब मतपेटिका संकलन गरेर सर्वदलीय बैठकपछि गणना सुरु गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button