तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा पनि सुरु भयो मतगणना

बाजुरा । बाजुरामा दलहरूबीच विवाद भएपछि रोकिएको मतगणनाको कार्य आजदेखि सुरु भएको छ ।

आज साँझ साढे पाँच बजेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत ढांकाराम पौडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

नेकपा एमाले, नेपाली कांग्रेस लगायतका राजनैतिक दलहरूको सहमतिमा मतगणना सुरु भएकाे हाे ।

बाजुरामा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका बद्रि पाण्डे र एमालेबाट कर्णबहादुर थापा उम्मेदवार छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button