तपाईँ सुन्दै हुनुहुन्छः

गुलरियामा ३५ औँ विश्व एड्स दिवस मनाइयो 

बर्दिया । बर्दियाको गुलरियामा बिहीबार ३५ औँ विश्व एड्स दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । गुलरियाको राधाकृष्ण चौक देखी नगर परिक्रमा गरी गुलरिया नगरपालिका को सभा हलमा कार्यक्रम सामापन गरिएको छ ।

३५ औँ विश्व एड्स दिवसको अवसरमा विगतमा  एच आइ भि रोकथामका लागी आफूले गरेको कामको अनुभव सुनाउँदै गुलरिया नगरपालिकाकी उप प्रमुख साबित्रा गौतमले यसको समाधान र न्यूनीकरणमा नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले जिल्लामा हाल सम्म कुल २ सय ५५ जना सङ्क्रमित रहेको बताउनु भएको छ । जस गत बर्ष ४१ जना थपिए सँगै सङ्क्रमितको सङ्ख्या २ सय ५५ पुगेको उहाँले बताउनु भयो । एच आइ भी सम्बन्धी काम गर्दै आएका संस्थाहरू सँग समन्वय गर्दै स्थानीय तहको सहयोगमा काम गर्दै आएको गिरीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै बिगत भन्दा अहिले मानिसहरू आफै पनि टेष्ट गराउन आउन थालेका छन् जस्ले गर्दा यसको सङ्ख्या बढेको देखीएपनी संक्रमित सङ्ख्या भने कम रहेको गुलरिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताउनु भयो ।

गुलरिया नगरपालिकाले केही रकम भएपनी एच आइ भि सङ्क्रमित का लागि छुटाएको छ, । सुत्केरीहरूमा समेत यस रोगको लक्षण देखा परेको ले स्वास्थ्य शाखालाई बजेट थपेर यसको रोकथामका लागी काम गर्ने गुलरिया नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत रूप सिंह खत्रीले बताउनुभयो । 

आफ्नो संस्थाले २०७८ पौष १७ गते देखी ०७८ माघ १७ गते सम्ममा करिब ८ हजार ४ सय ३७ जनामा एच आ भि परिक्षण गर्दा १२ जनामा संक्रमण देखिएको र  करिब ७ हजार ८ सय ९ जना लाई एच आइ भि सम्बन्धी सचेतना गराइएको  नागाअर्जुन डेभलपमेन्ट   ३५ औँ विश्व एड्स दिवस कम्युनिटी बर्दियाका प्रमुख सरोज राईले बताउनु भयो ।

कार्यक्रममा बिगत लामो समयदेखि एच आइ भी सम्बन्ध काम गर्दै आएको नागाअर्जुन डेभलपमेन्ट, ब्युटी वर्ल्ड, एफ.पी.एन, हेल्पीगं हेन्ड , एन डिसी, चेन्ज टिम लगायत सरोकारवाला र विभिन्न संघ संस्था का साथै विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button