तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको कञ्चनरुप –११ स्थित गोरपारमा आगलागी हुँदा लाखौँको क्षति

सप्तरी। सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित गोरपारमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
बुधबार बेलुका स्थानीय अर्जुन मण्डलको घरमा मिटरबाट विद्युत् सर्ट भई आगलागी हुँदा काठको दुई तल्ले घर, एउटा गोठ र छिमेकी ठेकनारायण मण्डलको एउटा घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

अर्जुनको घरमा कोही नभएको समयमा लागेको आगोले घर भित्र रहेका धान, चामल, दाल, ४७ तोला चाँदी , एक तोला सुनको गहना र नगद १ लाख समेत जलेर नष्ट भएको स्थानीय जाकिर शेखले जानकारी दिनुभयो ।

त्यस्तै ठेकनारायणको घर भित्र रहेका २५ हजारको प्लाई र लत्ताकपडा जलेर नष्ट भएको जनाइएको छ। आगलागीबाट २० लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान रहेको छ । आगो स्थानीय, नेपाल प्रहरी र कञ्चनरुप नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button