तपाईँ सुन्दै हुनुहुन्छः

रूसको रोक्का सम्पत्ति जफत गर्ने इयूको प्रस्ताव

काठमाडौं। युरोपेली आयोगले युक्रेनलाई द्वन्द्वका कारण भएको क्षतिको क्षतिपूर्ति दिन रोक्का गरी राखिएकाे रूसी सम्पत्ति जफत गर्ने योजना प्रस्ताव गरेको छ ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले बुधबार एक विज्ञप्ति जारी गर्नुहुँदै उक्त रकम युक्रेनमा भएको क्षतिको क्षतिपूर्तिका लागि पठाइने बताउनुभएको छ ।

रूसी केन्द्रीय बैंकको ३०० अर्ब युरो रोक्का गरिनुका साथै रुसी कुलीन वर्गको सम्पत्ति जफत गरिएकाे उहाँले बताउनुभयाे ।

ईयूले संयुक्त राष्ट्रसंघको समर्थनमा एक विशेष अदालत स्थापना गर्ने प्रस्ताव पनि गरिरहेको – जसले रूसको अपराधको अनुसन्धान र अभियोजन गर्ने उहाँले उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button