तपाईँ सुन्दै हुनुहुन्छः

समानुपातिकमा एमालेलाई २७ लाख मत

काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ ।

आज साँझ ६ बजेसम्मको तथ्याङ्कअनुसार समानुपातिकतर्फ नेकपा (एमाले) को अग्रता छ । हालसम्मको एक करोड एक लाख ७१ हजार दुई सय ७३ सदर मतमध्ये एमालेले २७ लाख २० हजार छ सय ३९ मत प्राप्त गरेको छ ।

नेपाली काँग्रेसले २५ लाख ८५ हजार ९०, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ५३ हजार चार सय ४३, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख चार हजार दुई सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ७९ हजार दुई सय ७५, जनता समाजवादी पार्टीले चार लाख आठ हजार नौ सय ६४, जनमत पार्टीले तीन लाख ७६ हजार एक सय ९९, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९० हजार एक सय ९६ र नागरिक उन्मुक्ति पार्टीले दुई लाख ६८ हजार चार सय ३६ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button