तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी अध्यक्ष दाहाल सुकुटेमा

सिन्धुपाल्चोक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे आउनुभएको छ ।

पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे आउने गर्नुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे आउनुभएको हो ।

सुकुटेमा अध्यक्ष दाहालले र्‍याफ्टिङसमेत गर्नुभएको छ । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नु हुनेछ ।

काठमाडौ‌बाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै चर्चित छ । सुकुटे बसाइ आन्तरिक तथा बाह्य पर्यटकका लागि तुलनात्मक रूपमा सस्तोसमेत रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button