तपाईँ सुन्दै हुनुहुन्छः

चीनका पूर्व राष्ट्रपति चियाङ चेमिनको निधन

बेइजिङ । चीनका पूर्व राष्ट्रपति चियाङ चेमिनको निधन भएको छ । 

रक्तकोषिका र श्वेतरक्तकोषिकामा भएको अकल्पनीय उतारचढाव तथा बहुअङ्ग समस्याका कारण साङ्घाईमा बुधबार मध्याह्न उहाँको निधन भएको हो । 

नेता चियाङ ९६ वर्षका हुनुहुन्थ्यो । केहीबेर अघि चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को केन्द्रीय समितिले उहाँको निधनको घोषणा गरेको हो । 

पूर्व राष्ट्रपति चियाङले सन् १९८९ देखि २००२ सम्म सिपिसीको महासचिव, सोही वर्षदेखि सन् २००४ सम्म केन्द्रीय सैन्य आयोगको अध्यक्ष तथा सन् १९९३ देखि २००३ सम्म  राष्ट्रपतिका रुपमा चीनको नेतृत्व गर्नुभएको थियो । 

उमेर र शारीरिक अस्वस्थताका कारण नेता चियाङ बितेका तीन वर्षयता सार्वजनिक स्थलमा देखिनुभएको थिएन । तीन वर्षअघि उहाँ तत्कालीन प्रधानमन्त्री ली फङको अन्त्येष्टिमा सहभागी हुनुभएको थियो । रासस÷सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button