तपाईँ सुन्दै हुनुहुन्छः

‘उच्च हिमाली क्षेत्रमा बढी तापक्रम वृद्धि’

काठमाडौँ । तराईभन्दा उच्च हिमाली क्षेत्रमा बढी तापक्रम वृद्धि भइरहेको वैज्ञानिक बताएका छन् । 

ललितपुरस्थित आज आयोजित क्राय्स्फेर चेन्ज एन्ड इट्स इम्पाक्ट अन इकोसिस्ट्म एन्ड लाइभ्लिहुड मिडिया वर्कसपमा जलवायु वैज्ञानिक तथा मध्य पश्चिम विश्वविद्यालयका डिन डा. सुदिप ठकुरीले १९९० पछि  तापक्रम वृद्धिले जलस्रोत, कृषि, जमिन, हिमताल र हिमनदी लगायतमा प्रभाव बढेको बताउनुभयो । 

डा. ठकुरीले नेपालको वार्षिक रूपमा औषत तापक्रम ०.०३४ डिग्री बढ् हिउँ पग्लने, हिमतालको सङ्ख्या र आकारमा समेत वृद्धि भइरहेको बताउनुभयो । 

यस्तै इसिमोडका पर्यावरण विशेषज्ञ सुनिता चौधरीले इसिमोड्को अनुसन्धान अनुसार नेपालका रुखहरू माथि सर्दै गएको पाइएको बताउनुभयो । उहाँले वार्षिक ०.४६ मिटरमाथि रुख तथा बोट बिरुवा सरिरहेको बताउनुहुँदै यो चिन्ताजनक तस्बिर रहेको औँल्याउनुभयो ।

इसिमोड, युनेस्को र नेपाल विज्ञान मञ्चको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न वैज्ञानिक अनुसन्धानात्मक पत्र प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button