तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो पटक संसद प्रवेश गर्दै महासेठ 

काठमाडौँ I नेकपा (एमाले) का स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रतिनिधिसभा सदस्यमा धनुषा–४ मा विजयी भएपछि तेस्रो पटक संसदीय यात्रा तय गर्नुभएको छ । 

निर्वाचन आयोगका अनुसार महासेठले ३२ हजार दुई ३६ मत प्राप्त गर्नुभयो भन उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभयो । 

महासेठ २०६५ सालमा संविधानसभा सदस्य उपनिर्वाचनमा धनुषा ५ बाट निर्वाचित हुनुभएको थियो । उहाँ संविधानसभा र तत्कालीन व्यवस्थापिकामा विभिन्न समितिमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने । उहाँ २०७४ सालमा संघीय संसद् प्रतिनिधिसभा सदस्यमा धनुषा(४ बाट विजयी हुनुभएको थियो ।

 जनकपुर उपमहानगरपालिका २, धनुषामा बाबु मखन र स्व। मायावती महासेठको कोखबाट २०१८ साल साउन २२ गते जन्मनुभएका महासेठ हाल नख्खु, ललितपुरमा बस्नुहुन्छ । उहाँको पत्नी जुलीकुमारी महतो र एक छोरा, एक छोरी हुनुहुन्छ । उहाँले बि।ई ९सिभिल इन्जिनियरिङ० अध्ययन गर्नुभएको छ । एमाले निकट विद्यार्थी संडठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनरास्ववियु) मा २०२८÷०२९ सालबाट औपचारिकरुपमा महासेठ राजनीतिमा प्रवेश गर्नुभएको थियो ।

उहाँ २०३७ सालमा अनेरास्ववियुको प्रथम पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष निर्वाचित हुनुभएको थियो । वि।सं २०३३ सालमा तत्कालीन नेकपा (माले) को सदस्यता लिएर पार्टीगत राजनीति औपचारिक सुरुवात गर्नुभएको थियो भने र २०५४ सालदेखि एमालेको केन्द्रीय भएर काम गर्नुभएको थियो । विंस २०७६ सालमा एमालेको स्थायी कमिटी सदस्य हुनुभएको थियो ।

महासेठले २०६८ सालमा जलस्रोत तथा सिँचाइमन्त्री र २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा काम गर्नुभएको थियो ।

 उहाँले २०५१ सालमा उदयपुर सिमेन्ट उद्योगको कार्यकारी अध्यक्ष भएर पनि काम गर्नुभएको थियो । उहाँको विशेष रुचिको क्षेत्र विकास, खेलकुद हो ।

राजनीतिक घटनाक्रमका क्रममा २०२८÷०२९ को सङ्घर्षको क्रममा २७ दिन थुनामा बस्नुभएको थियो । राजनीतिक आन्दोलनको क्रममा पटक÷पटक गरी १३ महिना थुना र जेल जीवन बिताइसक्नुभएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button