तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा उद्योग वाणिज्य सङ्घमा भट्टराई

पाल्पा। पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । सोमबार तानसेनमा भएको मतदानमा उहाँले छ सय ४१ मत हासिल गर्नुभएको थियो ।

सङ्घमा कुल एक हजार एक सय ३५ मतादाता रहेका थिए । सङ्घको उद्योग उपाध्यक्षमा उत्तमकुमार बज्राचार्य एक सय सात मतसहित निर्वाचित हुनुभएको छ ।सङ्घको वाणिज्य उपाध्यक्षमा भीमबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । यस्तै क्षेत्र नं ११ को दुई सदस्यका लागि भएको निर्वाचनमा तीन जना चुनावी मैदानमा रहेकामा कमल पाण्डे र लक्ष्मण बस्याल निर्वाचित हुनुभएको छ ।

कुल २५ पदका लागि हुने निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष र क्षेत्र नं ११ को दुई सदस्यका लागि मात्र निर्वाचन भएको थियो । अन्य पदमा भने समिति निर्विरोध निर्वाचित भइसकेका छन् ।

एशोेसिएट सदस्यमा विष्णुप्रसाद पाण्डे, क्षेत्र नं २ को सदस्यमा सञ्जयकुमार श्रेष्ठ, क्षेत्र नं ३ को एक सिटमा खुमप्रसाद पोखरेल, क्षेत्र नं ४ को दुई पदमा नारायण पछाईँ, मञ्जु रेग्मी, क्षेत्र नं ५ को सदस्य दुई सिटमा विनायक महर्जन, किशोरदर्शन बज्राचार्य, क्षेत्र नं ६ मा दुुई सिटका लागि लक्ष्मणप्रसाद रेग्मी, अमनप्रसाद श्रेष्ठ, क्षेत्र नं ७ को दुई सिटमा सविन मल्ल, महेश शर्मा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ ।

यस्तै क्षेत्र नं ८ मा दुई सिटका लागि रञ्जनाकुमारी थापा अर्याल, प्रज्वलराज शाक्य, क्षेत्र नं ९ को एक सिटमा समिरमान सिंह, क्षेत्र नं १० को दुुई सिटमा विदुर घिमिरे, सुरेश गोदार, क्षेत्र नं १२ को दुई सिटमा दीपक घिमिरे, मुक्तिराम जिसी र क्षेत्र नं १३ को एक सिटमा समता मियाँ निर्विरोध हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button