तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा ४ बाट रघुवीर महासेठ विजयी

धनुषा । धनुषा क्षेत्र न. ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा(एमाले)का उम्मेदवार रघुवीर महासेठ विजयी हुनु भएको छ । उहाँले वाम–गठबन्धन तर्फका नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दे विजयी हुनुभएको निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।

दुई नेता बीच कडा प्रतिस्पर्धा भएको थियो । महासेठले ३२ हजार २३६ मत प्राप्त गर्नुभएको छ भने यादवले ३२ हजार ११२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button