तपाईँ सुन्दै हुनुहुन्छः

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । 

आज डलरको खरिद दर १३० रूपैयाँ ३८ पैसा र बिक्री दर १३१ रूपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १३६ रूपैयाँ १८ पैसा र बिक्री दर १३६ रूपैयाँ ८१ पैसा रहेको छ। 

बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ५६ पैसा र बिक्री दर १५८ रूपैयाँ २९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ६९ पैसा र बिक्री दर ३५ रूपैयाँ ८५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button