तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार राइलाई रिहा गर्न माग

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले पत्रकार गजेन्द्र राइलाई तत्काल रिहा गर्न सम्बन्धित पक्षसँग माग गरेको छ । 

महासङ्घ, उदयपुर शाखाका सदस्य तथा रेडियो नेपालका जिल्ला संवाददाता एवं निगरानी पोष्ट अनलाइनका सञ्चालक राइलाई समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गर्नु प्रेस स्वतन्त्रता विपरीतको काम भएको भन्दै रिहा गर्नुपर्ने माग गरिएको हो । 

उदयपुर शाखाका अनुसार हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको रिपोर्टिङको क्रममा रहेका पत्रकार राइलाई यही मङ्सिर १० गते प्रहरीले त्रियुगा नगरपालिका–११ गाईघाट बजारको बिपी चौकबाट पक्राउ गरेको थियो । 

“कुनै पनि विषयमा सम्प्रेषित भएका समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रावधान हुँदाहुँदै पत्रकारलाई पक्राउ गरी साइबर क्राइमको मुद्दा चलाइएको यो घटना प्रेस स्वतन्त्रता विपरीतको काम हो”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button