तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी ४ मा मतगणना सुचारु गर्न आयोगको निर्देशन

सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा रोकिएको मतगणना भोलिदेखि सुचारु हुने भएको छ ।

निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिएपछि भोलि बिहानदेखि सुचारु गर्ने तयारी गरिएको छ ।

बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको र उक्त बैठकपछि मतगणना सुरु गरिने भएको छ ।

नेपाली कांग्रेसले धाँधली भएको आरोप लगाएपछि मतगणना स्थगित भएको थियो । हालसम्मको गणनाअनुसार यहाँ सरकारका प्रवक्तासमेत रहनुभएका नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिइरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button